Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दुई सातापछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

काठमाडौं । दुई साताभन्दा लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

सामान्यतया सातामा एकदेखि दुई पटक बस्ने मन्त्रिपरिषद् बैठक गत असोज ३० गतेयता बसेको थिएन। त्यस दिनको बैठकले विभिन्न १२ वटा निर्णय गरेको थियो।

दसैँ बिदा र त्यसपछिको लामो अन्तरालपछि बस्न लागेको आजको बैठकलाई चासोका साथ हेरिएको


प्रतिकृया दिनुहोस्