Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अब जग्गाको काम पालिकाबाटै, एक महिनाभित्र सबै स्थानीय तहमा सेवा सुरु गर्ने बालेनको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

१६ कार्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अब जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गाउँ गाउँमा सिंहदरबार’को मर्मअनुसार भूमि प्रशासनका सेवा नागरिकको घरदैलो नजिक पुर्‍याउन लागिएको बताएका छन्।

बालेनका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ। अब आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट समेत यस्तो सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।

उनले स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

यस व्यवस्थाले नागरिकले जग्गासम्बन्धी कामका लागि टाढाका मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता घट्ने र स्थानीय तहबाटै सहज सेवा प्राप्त हुने सरकारको विश्वास छ।


प्रतिकृया दिनुहोस्