Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कांग्रेसले जुटाउँदै विपक्षी दलहरू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएको छ।

आज दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी हुनेछन्।

बैठकमा सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भएको भनिएको हस्तक्षेपलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

यसअघि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तारूढ रास्वपाको कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसद्को मर्यादा पालना गर्न आग्रह गरेका थिए।


प्रतिकृया दिनुहोस्