१५ कार्तिक, काठमाडौ । मध्यपूर्वमा इरानले गरेको आक्रमणका कारण अमेरिकाका सैन्य संरचनामा कम्तीमा ५ अर्ब डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै “द वाल स्ट्रिट जर्नल” ले क्षतिको आँकडा बढेर १५ अर्ब डलरसम्म पुग्न सक्ने जनाएको छ।
रिपोर्टअनुसार इरानको आक्रमणबाट सात देशमा रहेका २७४ अमेरिकी सैन्य संरचनामा क्षति पुगेको छ।
विशेषगरी कुवेत र बहराइनस्थित सैन्य अड्डाहरू प्रभावित भएका छन्। ती संरचनाको पुनर्निर्माणमा मात्रै ४ अर्ब डलरभन्दा बढी खर्च लाग्न सक्ने अनुमान छ।
यसैबीच, इरानविरुद्धको युद्धमा अमेरिकाले हालसम्म ४७ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको बताइएको छ। उक्त खर्चमा सैन्य अड्डाहरूमा भएको क्षतिको रकम भने समावेश छैन।

























