काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मझिमटार क्षेत्रमा सोमबार तीन घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन रोक्ने जनाएको हो।
सूचनाअनुसार कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त स्थान भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिनेछ।
निर्माण कार्यलाई सहज बनाउन उक्त अवधिमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरेको छ।

























