Skip
आज : २०८३ कार्तिक १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नागढुंगा सुरुङमार्गमा आजदेखि टोल शुल्क लागू, सवारीसाधनअनुसार फरक दर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज देखि टोल शुल्क तिर्नुपर्ने भएको छ।

सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको प्रकार र काठमाडौं प्रवेश तथा बाहिरिने दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको हो।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मिनिबस तथा मिनिटिपररट्रकले प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।

बस तथा सिंगल रियर एक्सल ट्रकका लागि क्रमशः २६० र २०० रुपैयाँ शुल्क तोकिएको छ।

मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ।

नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार शुल्क निर्धारण गरिएको हो।

 


प्रतिकृया दिनुहोस्