काठमाडौं । जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालय सञ्चालनको समय घटाउने भएको छ।
भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।
गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नयाँ समयतालिका कात्तिक १६ देखि माघ १५ गतेसम्म लागू हुनेछ।
यस अवधिमा सरकारी कार्यालय तथा सार्वजनिक निकायको सेवा प्रवाह बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्था लागू भएपछि दैनिक कार्यालय समय एक घण्टा घट्नेछ ।

























