Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

न्युजरुममै प्रहरीको धरपकड : दोषी खोजेर कारबाही गर्न रास्वपाको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

१४ कार्तिक काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र न्युजरुममै प्रहरी प्रवेश गरी धरपकड गर्ने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई निर्देशन दिएको छ।

आज बसेको पार्टी सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिको पहिचान गरी शीघ्र कारबाही गर्न र प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो।

पार्टी प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै कारण पत्रकार पक्राउ गर्नु र सञ्चारगृहमा प्रहरी प्रवेश गर्नु गलत भएको बताए।

प्रधानमन्त्री कार्यालय र प्रहरी प्रमुखले समेत घटनामा आफ्नो संलग्नता नरहेको बताएका कारण घटना कसले, किन र कसरी गरायो भन्ने विषयमा गम्भीर छानबिन हुनुपर्ने उनको भनाइ छ।

रास्वपाले घटनाबारे सरकारको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनमा पक्राउ परेका पत्रकारहरू रिहा भएको पनि खरेलले जानकारी दिए।

उनले दोषीमाथि कुनै सम्झौता नगरी शीघ्र कारबाही गर्न र प्रेस स्वतन्त्रता, मानवअधिकार तथा विधिको शासनको पूर्ण प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे।

 

 


प्रतिकृया दिनुहोस्