काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित वर्षा, हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरण गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन्।
कार्कीले विपद्बाट जनधनको सुरक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि सधैँझैँ सक्रिय रहने बताएका छन्।
उनले विपद्का बेला नागरिकलाई सही र समयमै सूचना प्रवाह गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
साथै, सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेका छन्।
सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्कीले विपद्को असर कम गर्न सबै पक्षसँग अभूतपूर्व सहकार्यको अपेक्षा गरेका छन्।

























