Skip
आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा-६ का १७५ बढी जेष्ठ नागरिक सम्मानित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का १ सय ७५ भन्दा बढी ज्येष्ठ नागरिक भएका छन्। अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले उनीहरुलाई सम्मान गरेको हो।

कार्यक्रममा वडाअध्यक्ष प्रकाश फुयालले सम्मान गरेका हुन्।

वडामा केहि समयअघि मात्र राजेन्द्र प्रसाद खनालको अध्यक्षतामा जेष्ठ नागरिक समाज गठन भएको थियो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष फुयालले ज्येष्ठ नागरिकहरू समाजका ज्ञान, अनुभव र प्रेरणाका स्रोत भएको उल्लेख गरे। उनले यस सम्मान कार्यक्रमले जेष्ठहरुको हकहित संरक्षण, अनुभव आदानप्रदान तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। यस्तै उनले जेष्ठहरुको सम्मान, सुरक्षा र सक्रिय सहभागिताका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए।


प्रतिकृया दिनुहोस्