धनगढी । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
सोमबार बिहान करिब साढे १० बजे नम्बर नखुलेको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा स्थानीय ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेका छन्।
अटोमा सवार एक बालक दुर्घटनापछि बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटना के कारणले भयो भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन।

























