३० कार्तिक, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ । चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।






















