१६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० लाई लक्षित गर्दै कडा जवाफ दिएका छन्।
प्रधानमन्त्री बालेनले यसअघि सामाजिक सञ्जालमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए।
बालेनको उक्त अभिव्यक्तिपछि त्यसको जवाफमा गगनकुमार थापाले ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै प्रतिक्रिया दिएका हुन्।
दुवै नेताका यी अभिव्यक्तिले अहिले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
























