काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन्।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित न्यायाधीशविरुद्ध नौवटा उजुरी परेको जानकारी दिएका हुन्।
न्यायपरिषद्ले प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकबाट उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्दसहित चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
उनीहरूविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेपछि नौवटा उजुरी प्राप्त भएका हुन्। अब समितिले उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाउनेछ।
























