काठमाडौं । जापानको मी प्रान्तको तटीय क्षेत्रमाआज बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु मी प्रान्तको राजधानी त्सुबाट करिब ११० किलोमिटर दक्षिणमा समुद्रको ३५२ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म मानवीय तथा भौतिक क्षति भएको विवरण पनि सार्वजनिक भएको छैन।
भूकम्पको धक्का लामो समयसम्म महसुस भएको स्थानीयले बताएका छन्। जापान भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्ने देश हो। यहाँ हरेक वर्ष करिब १ हजार ५०० भूकम्प जाने गरेका छन्।

























