Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युक्रेनको रेलवे स्टेसनमा रुसी ड्रोन आक्रमण, १४ जनाको ज्यान गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । युक्रेनको मध्य सहर निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

रेल चढ्न यात्रुहरू पर्खिरहेका बेला जेट इन्जिनयुक्त ड्रोनले आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये ११ वर्षीय बालकसमेत रहेका छन्।

आक्रमणका बेला जापोरिझियातर्फ जाँदै गरेको यात्रुवाहक रेल निप्रोको प्लेटफर्ममा रोकिएको थियो। घटनापछि अनुसन्धानका लागि आक्रमणस्थललाई सिल गरिएको छ।

क्षेत्रीय प्रमुख ओलेक्सान्डर हान्झाका अनुसार बिहीबार भएको उक्त आक्रमणमा ठूलो मानवीय क्षति भएको हो। आक्रमणअघि नै निप्रोमा उच्च सुरक्षा सतर्कता जारी गरिएको थियो।

रुसले घटनाबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। रुसी सेनाले यसअघि युक्रेनको रेलवे सञ्जाललाई निशाना बनाउँदै आए पनि सर्वसाधारणलाई जानाजानी निशाना नबनाएको दाबी गर्दै आएको छ।

 


प्रतिकृया दिनुहोस्