काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणलाई लिएर अझै मिति निश्चित हुन सकेको छैन।
भ्रमणको तयारी अघि बढे पनि कहिले हुने भन्ने विषयमा सरकारले औपचारिक टुंगो लगाउन बाँकी छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय नभएको जानकारी दिएका हुन्।
उनका अनुसार नेपाल र भारत दुवैलाई अनुकूल हुने समय मिलाएर भ्रमणको तयारी भइरहेको छ।
भ्रमणको समय र छलफलका विषयसमेत दुवै पक्षबीचको समन्वयमा निर्धारण गरिने उनले बताए।
नेपाल–भारतबीच विभिन्न तहमा भेटवार्ता तथा भ्रमणहरू नियमित रूपमा भइरहने उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले प्रधानमन्त्रीको भ्रमण पनि आपसी सहमतिअनुसार अघि बढ्ने स्पष्ट पारे।
तयारी जारी रहे पनि बालेनको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रश्नको जवाफ भने अझै अनिश्चित छ।
























