Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

खुलामञ्चमा देउवा समूहको शक्ति परीक्षण, मंसिर २१ देखि महाधिवेशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

१३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर शेरबहादुर देउवा समूहले काठमाडौंमा आवश्यक व्यवस्थापकीय तयारी अघि बढाएको छ।

मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनका लागि खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप निश्चित गरिएको छ।

महाधिवेशनका अधिकांश गतिविधि खुलामञ्चमा केन्द्रित रहनेछन्।

त्यहाँ उद्घाटन कार्यक्रम, बन्दसत्र र केन्द्रीय सदस्यका लागि निर्वाचन गराउने योजना बनाइएको छ। पदाधिकारी चयनको मतदान भने राष्ट्रियसभा गृहमा हुनेछ।

महाधिवेशन प्रतिनिधिहरूको खानपान व्यवस्थापनका लागि भृकुटीमण्डप प्रयोग गरिने निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले बताएका छन्।

यससँगै देउवा समूहले पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया पनि अघि बढाइरहेको छ। असोज १५ गते वडा अधिवेशनबाट सुरु भएको प्रक्रिया कात्तिक १५ गते जिल्ला अधिवेशनसम्म पुग्ने कार्यतालिका छ।


प्रतिकृया दिनुहोस्