Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम कायमै, सतर्क रहन सडक डिभिजनको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

१३ कार्तिक, भरतपुर । अर्नब चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

आज बिहान ११ः२५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्ड सामान्य अवस्थामा रहेको र सवारी आवागमनसमेत सुचारु रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

वर्षाका कारण सडकमा समस्या आउन सक्ने तथा पहिरो खस्ने जोखिम कायम रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह गरिएको छ।

सडक डिभिजन भरतपुरले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

यात्रा गर्नैपर्ने अवस्था भएमा सम्बन्धित सुरक्षा निकायसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै सुरक्षित यात्रा गर्न पनि आग्रह गरिएको छ।

वर्षाका कारण जुनसुकै बेला सडकमा अवरोध हुन सक्ने सम्भावना रहेकाले यात्रुले सतर्कता अपनाउन आवश्यक देखिएको छ।

 


प्रतिकृया दिनुहोस्