Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा ३२ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्