काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। सुनको भाउ लगातार चार दिनमा ५ हजार रुपैयाँले बढेको हो।
गत आइतबार एकैदिन ११ हजार ७०० रुपैयाँले घटेको सुनको मूल्य त्यसयता निरन्तर उकालो लागेको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।




























