Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क उठाइने, यस्तो छ दर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १२ गते


Advertisement

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क)संकलन सुरु हुने भएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्ग र काठमाडौं प्रवेश तथा बाहिरिने दिशाका आधारमा शुल्क निर्धारण गरेको जनाएको छ।

निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी टिपररट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ५० रुपैयाँ, बस तथा सिंगल रियर एक्सल ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।

आयोजनाले सडक बोर्ड नेपालको निर्णयअनुसार निर्धारण गरिएको शुल्क कात्तिक १५ गतेदेखि लागू हुने जानकारी दिएको छ।

 


प्रतिकृया दिनुहोस्