Skip
आज : २०८३ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हजार सरकारी वेबसाइट फेरि खुले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ९ गते


Advertisement

काठमाडौं । सुरक्षा जोखिमका कारण बन्द गरिएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएका छन्।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र आवश्यक परीक्षण पूरा भएपछि करिब एक हजार सरकारी वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो।

पीएचपी प्रविधिमा सुरक्षा कमजोरी देखिएपछि कात्तिक ५ गतेदेखि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली ९भीटीएस० लगायतका सरकारी तथा वित्तीय निकायका वेबसाइट बन्द गरिएका थिए।

केन्द्रले आइतबार सूचना जारी गर्दै अधिकांश सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ।

सञ्चालनमा आउन बाँकी रहेका अन्य सेवाहरू पनि छिट्टै पुनः सुरु गर्न काम भइरहेको केन्द्रले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्