काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
उद्घाटन खेलमा आज साँझ ५ बजे कीर्तिपुरस्थित मैदानमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको थियो। तर, लिग चरणका दुवै भेटमा सुदूरपश्चिमले लुम्बिनीलाई पराजित गरेको थियो।
लुम्बिनी पछिल्ला पाँच खेलमा अपराजित रहँदै बलियो लयमा छ भने सुदूरपश्चिमले पछिल्ला पाँच खेलमध्ये तीनमा जित निकालेको छ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरी र लुम्बिनीको कप्तानी रोहित पौडेलले गर्दैछन्।






























