Skip
आज : २०८३ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलको लिग चरण र फाइनलको टिकट मूल्य सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ५ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकटको मूल्य निर्धारण गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, इलिमिनेटर र फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार तथा प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ तोकिएको छ।

क्यानले एनपीएलको टिकट बिक्री आज कात्तिक ५ गते साँझ ८ बजेदेखि इसेवामार्फत खुला हुने जनाएको छ। प्रतियोगिता कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिकृया दिनुहोस्