Skip
आज : २०८३ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता, सबै खेल लिस्ट ए टी–२० मा सूचीकृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ४ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आधिकारिक मान्यता पाएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सम्पूर्ण खेलले लिस्ट ए टी–२० को मान्यता प्राप्त गरेको जानकारी दिएका हुन्।

तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

 

 


प्रतिकृया दिनुहोस्