Skip
आज : २०८३ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री शाहको दशैँ सन्देश : भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट हुन आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ४ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र राजनीतिक विकृति अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

दशैँको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना दिएका छन्।

उनले विजयादशमीले सत्यको विजय र असत्यमाथिको पराजयको सन्देश दिने उल्लेख गर्दै यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्।

भ्रष्टाचार, असमानता र कुशासनजस्ता विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उनको भनाइ छ। परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उनले प्रत्येक नागरिकले सरकार आफ्नो साथमा रहेको अनुभूति गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले विजयादशमीले नेपाली समाजमा आपसी सद्भाव, एकता, सम्मान र आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार पर्व मनाउन तथा खुसी साटासाट गर्न आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्