Skip
आज : २०८३ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्नी र दुई छोरामाथि गोली प्रहार, प्रहरी जवानले पनि ज्यान गुमाए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३ गते


Advertisement

३ कार्तिक, काठमाडौं । भारतको पञ्जाबमा प्रहरी जवानले आफ्नै परिवारमाथि गोली चलाउँदा एक छोराको मृत्यु भएको छ भने पत्नी र अर्का छोरा घाइते भएका छन्।

मानसा जिल्लामा आज बिहान भएको घटनामा प्रहरी जवानले पत्नी र दुई छोरालाई गोली प्रहार गरेपछि आफैँले पनि आत्महत्या गरेका हुन्।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहान करिब ७ बजे भएको घटनामा घाइते आमा र छोरालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटना पारिवारिक विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरेको छ। ती जवानले गोली चलाउन आफ्नो सरकारी हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उनी मानसा जिल्लाका उपायुक्तको सुरक्षामा खटिएका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्