Skip
आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

औषधि कारखानामा विस्फोट, पाँचजनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १ गते


Advertisement

१ कार्तिक, नयाँदिल्ली । भारतको गुजरातस्थित एक औषधि कारखानामा भएको विस्फोटमा परी कम्तीमा पाँचजना कामदारको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

स्थानीय अधिकारीले शनिबार उक्त जानकारी दिएका हुन् ।

गुजरातको राजधानी गान्धीनगरबाट करिब २१० किलोमिटर दक्षिणमा पर्ने भरुच जिल्लाको सयाखा गुजरात औद्योगिक विकास निगम (जीआईडीसी)क्षेत्रमा रहेको कारखानामा शुक्रबार राति विस्फोट भएको थियो ।

जिल्ला मजिस्ट्रेटको कार्यालयका एक स्थानीय अधिकारीका अनुसार घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो ।

विस्फोटपछि मिथाइलिन डाइक्लोराइड ग्याससमेत चुहावट भएको समाचारमा जनाइएको छ ।


प्रतिकृया दिनुहोस्