Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रुसको कामचट्कामा ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा नरहेको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

काठमाडौं । रुसको कामचट्का प्रायद्वीपमा आज बिहान ६.९ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ः३५ बजे ओजर्नोभ्स्कीबाट ७६ किलोमिटर उत्तरपूर्वमा भूकम्प गएको हो। यसको केन्द्रविन्दु १४३।२ किलोमिटर गहिराइमा रहेको प्रारम्भिक अनुमान छ।

भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएका थिए। भवनभित्रका बत्ती र झुमरसमेत तीव्र रूपमा हल्लिएका थिए। भूकम्पबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल आधिकारिक विवरण सार्वजनिक भएको छैन।

भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन। अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामीको खतरा नरहेको जनाएको छ।


प्रतिकृया दिनुहोस्