Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाकिस्तानमा विद्यालयको छाना खस्दा शिक्षकसहित ३४ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

काठमाडौं । पाकिस्तानको पेशावरस्थित एक निजी विद्यालयको छाना भत्किँदा एक शिक्षक र ३३ विद्यार्थी गरी ३४ जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बिहीबार बिहान ८ः४८ बजे दिर कोलोनीस्थित अल–खैर विद्यालयमा घटना भएको हो। मृतक अधिकांश विद्यार्थी ६ देखि १२ वर्ष उमेर समूहका रहेको बताइएको छ।

विद्यालय साँघुरो बाटोमा रहेकाले उद्धारकर्ता र एम्बुलेन्सलाई घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो। प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा विद्यालय भवनको संरचना कमजोर रहेको खुलेको छ। घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको कार्यालयले दुःख व्यक्त गर्दै यसलाई हृदयविदारक घटना भनेको छ।

 


प्रतिकृया दिनुहोस्