२५ असाेज, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा१२ जनाको ज्यान गएको छ । ३०९ जना घाइते भएका छन्।
साउदी अधिकारीहरूले शनिबार भएको उक्त घटनालाई एक दशकभन्दा लामो समययताकै देशमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक बताएका छन्।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमा चार साउदी नागरिक र दुई बंगलादेशी नागरिक छन्।
त्यस्तै, अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक नागरिकको पनि मृत्यु भएको जनाइएको छ।
घटनामा इरान समर्थित हुथी समूहको संलग्नता रहेको समाचारमा उल्लेख छ।































