Skip
आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहमन्त्रीले भने : गोरखाको बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरेका छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

२५ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालले आज फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको बताएका छन्।

गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको भिषण बाढीको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री गुरुङले बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरसहित सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी दिएका छन्।

‘नेपालले फेरि अर्को भिषण बाढीको सामना गर्नुपरेको छ र यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन्।’

विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि उनले आग्रह गरेका छन्।

‘विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘कृपया धैर्य रहनुहोला र सुरक्षित रहनु हुनेछ। कृपया कुनै पनि आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्नुहोला ।

 


प्रतिकृया दिनुहोस्