Skip

Hamro Sanchar

एकै दिन तोलामा साढे ६ हजारले घट्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

९ मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ४० कायम भएको छ ।

मंगलबार एक तोला छापावाल सुन दुई लाख ४७ हजार ९०० र एक तोला चाँदी तीन हजार १४५ मा कारोबार भएको थियो।


प्रतिकृया दिनुहोस्