Skip

Hamro Sanchar

छोराको हत्या गर्ने बाबुआमालाई जन्म कैद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

९ मंसिर, दैलेख । दैलेखमा आफ्नै ४६ वर्षीय छोराको हत्या गरेको अभियोगमा बाबुआमालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

नारायण नगरपालिका–९ बासकोटका ७३ वर्षीय कविराज थापा क्षेत्री र उनकी ६७ वर्षीया श्रीमती पदमकुमारी थापालाई अदालतले २५ वर्ष कैद सजाय तोकेको हो।

गत जेठ १९ गते नेपालगन्जबाट कुलदेवताको पूजा गर्न घर आएका छोरा यादव थापाको घरायसी विवादका क्रममा हत्या भएको थियो।

विवाद बढेपछि बुबा कविराजले हँसिया प्रहार गर्दा यादवको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

अदालतले दुवैलाई दोषी ठहर गर्दै मृतकका हकवालालाई एक लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ।


प्रतिकृया दिनुहोस्