Skip

Hamro Sanchar

६० एसपीको सरुवा, १७ जिल्लाका प्रहरी प्रमुख फेरिए (हेर्नुस् सुचिसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

९ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार सरुवाको निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवासँगै १७ जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन्।

सरुवाअनुसार बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट खटिएका छन्।

त्यस्तै पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकाललाई जिम्मेवारी दिइएको छ।
यसैगरी पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार, सप्तरीमा रूपक खड्का र दाङमा श्यामु अर्याललाई पठाइएको छ।
पर्सामा पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अन्य सरुवा विवरणसहितको पूर्ण सूची तल छ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस्