९ मंसिर, काठमाडौं । इरानले आफ्ना सातवटै माग पूरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने स्पष्ट पारेको छ।
इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले मंगलबार संसद्मा सम्बोधन गर्दै यस्तो अडान सार्वजनिक गरेका हुन्।
उनका अनुसार सबै मोर्चामा युद्ध अन्त्य, लेबनानमाथि इजरायली आक्रमण रोक्नुपर्ने, इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्ने र अमेरिकी प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग इरानले अघि सारेको छ।
इरानले यी सर्त पूरा भएपछि मात्रै हर्मुज जलमार्ग खोल्ने र अमेरिकासँग स्थायी सम्झौताका लागि वार्ता सुरु गर्ने जनाएको छ। गालिबाफले शत्रुको आक्रमणको जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन्।

























