ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकलाई लक्षित गरी व्यापक आगजनी र तोडफोड भएको छ।
नरैल जिल्लामा अवामी लिगसँग आबद्ध व्यक्तिका करिब ५० घरमा क्षति पुगेको छ।
बीएनपीका दुई कार्यकर्ताको हत्यापछि आक्रोशित समर्थकले घरहरूमा आगजनी गरेका हुन्।
नोभेम्बर १४ यता राजनीतिक हिंसामा चार जनाको मृत्यु भइसकेको छ। स्थिति नियन्त्रण गर्न सरकारले देशभर बीजीबीका थप ९० प्लाटुन परिचालन गरेको छ।

























