Skip

Hamro Sanchar

‘१३ दिन थुनेर राक्षसी राज देखाए’ भन्दै सरकारमाथि खनिए ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

५ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि ‘राक्षसी राज’ चलाएको आरोप लगाउँदै युवा शक्ति चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसमा बोल्दै ओलीले आफूलाई १३ दिन हिरासतमा राखिएको र शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता–कार्यकर्तामाथि दुर्व्यवहार भएको आरोप लगाए।

सरकारले आन्दोलनमा हस्तक्षेप र दमन जारी राखे प्रतिवाद गर्ने भन्दै उनले नेसनल भोलेन्टियर्स फोर्सलाई देशव्यापी रूपमा बलियो बनाउन निर्देशनसमेत दिएका छन्।

 


प्रतिकृया दिनुहोस्