Skip

Hamro Sanchar

मुन्सेको शतकमा सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ५ गते


Advertisement

काठमाडौं । सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो जित दिलाउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि पहिलोपटक आफ्नो नाममा लेखाएको छ।

फाइनलमा लुम्बिनीलाई कुनै विकेट नगुमाई पराजित गरेपछि सुदूरपश्चिमले यसअघिका दुई संस्करणको फाइनल हारको पीडा पनि बिर्साएको छ।

अघिल्ला दुवै फाइनलमा उपाधि नजिक पुगे पनि क्रमशः ५ र ६ विकेटले पराजित हुँदै उपविजेतामै सीमित बनेको थियो।

यसपटक भने मुन्सेको शतकीय प्रदर्शनसँगै सुदूरपश्चिमले फाइनलमा शानदार जित निकाल्दै च्याम्पियन बन्ने सपना पूरा गरेको छ


प्रतिकृया दिनुहोस्