Skip

Hamro Sanchar

भारत ‘ए’को विशाल लक्ष्य, नेपालसामु ३३३ रनको चुनौती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ले नेपाललाई ३३३ रनको कठिन लक्ष्य दिएको छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रन बनायो।

भारतका कुमार कुशाग्र र तिलक वर्माले शतकीय पारी खेले। कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए। त्यस्तै, शुर्यान्स सेड्गेले अविजित ३६ र वैभव सूर्यवंशीले २६ रन जोडे।

नेपालका लागि ललितनारायण राजवंशी र कप्तान सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट झारे। अब नेपालले जितका लागि ३३३ रन बनाउनुपर्नेछ।

 

 


प्रतिकृया दिनुहोस्