Skip

Hamro Sanchar

तेस्रो पटक फाइनलमा सुदूरपश्चिम, अब लुम्बिनीसँग उपाधि भिडन्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ३ गते


Advertisement

काठमाडौं । सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई स्तब्ध पार्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको छ।

आज भएको दोस्रो क्वालिफायरमा चितवनलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्त पक्का गरेको हो।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। टोलीको जितमा थरिन्दु रत्नायकेले ५३ रनको अविजित पारी खेल्दै निर्णायक भूमिका निभाए।

कप्तान दीपेन्द्रसिंह ऐरीले २३, विनोद भण्डारीले २३ तथा इशान पाण्डे र आरिफ शेखले समान १० रन जोडे ।

सुदूरपश्चिमले अब शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लगातार दोस्रो सिजन यी दुई टोली फाइनलमा आमनेसामने हुन लागेका हुन्।


प्रतिकृया दिनुहोस्