Skip

Hamro Sanchar

गुप्तचरका उच्च अधिकारीकै प्रमाणपत्र नक्कली, अख्तियार अदालत पुग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ३ गते


Advertisement

३ मंसिर, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरी नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा भ्रष्टाचार मुद्दामा तानिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका शैक्षिक प्रमाणपत्र नक्कली ठहर गर्दै  आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार चौधरीले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलका नाममा जारी मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ र कन्डक्ट सर्टिफिकेट नक्कली बनाएर बढुवा तथा पदस्थापनमा प्रयोग गरेका थिए।

यिनै प्रमाणपत्रको आधारमा उपसचिवसरहको पद हुँदै प्रमुख अनुसन्धान अधिकृतसम्म बढुवा र सरकारी सुविधा लिएको आरोप उनीमाथि छ।

अख्तियारले झुटा प्रमाणपत्र प्रयोग गरी सरकारी पद, लाभ र सुविधा लिएको दाबी गर्दै कैद तथा जरिवानाको मागसहित मुद्दा अघि बढाएको छ।


प्रतिकृया दिनुहोस्