काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ। सुनको भाउ प्रतितोला ३ हजार ३०० रुपैयाँले घट्दा चाँदी ४५ रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।























