Skip

Hamro Sanchar

१५ दिनमै आयल निगमलाई १ अर्ब ६२ करोड घाटा, पेट्रोलियमको मूल्य बढेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । नेपाल आयल निगमले ठूलो घाटा व्यहोर्नुपरे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको छ।

निगमका अनुसार पछिल्लो १५ दिनमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ। भारतीय आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै पुरानै मूल्य कायम गरिएको हो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहेको निगमले जनाएको छ।
हाल काठमाडौंमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ रहेको छ।

 

 

 


प्रतिकृया दिनुहोस्