Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी मौज्दात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

१९ कार्तिक, काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १४ लाख २५ हजार ७५७ अमेरिकी डलर पुगेको छ ।


प्रतिकृया दिनुहोस्