१९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा व्यापार, कनेक्टिभिटी, आपसी हित तथा सांस्कृतिक सम्बन्धका विषय उठेका थिए। मिस्रीले नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

























