Skip
आज : २०८३ कार्तिक १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाले भन्यो : आईजीपी हटाउने निर्णयमा हाम्रो हात छैन, सरकारले जवाफ देओस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १८ गते


Advertisement

१८ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेरबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेको छ।

पार्टी प्रवक्ता जगदीश खरेलले आईजीपी हटाउने वा राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको बताए। उनले यसको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताएका छन्।

सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने र एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ।

खरेलले पत्रकार पक्राउको विषयमा भने पार्टीले सरकारसँग जवाफ मागेको स्पष्ट पारे।


प्रतिकृया दिनुहोस्