काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)बाट समेत निर्देशन आएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले बदलिँदो परिस्थिति र संवेदनशील विषयमा सरकारले कदम चाल्नुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको बताए।
प्रवक्ता पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको दाबी गर्दै उनलाई प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको स्पष्ट पारे।
अब उनको भूमिका प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी सल्लाह र सुझाव दिने रहेको उनले बताए।

























