काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने तथा ऊर्जा, व्यापार, उड्डयन, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुईदिने नेपाल भ्रमणमा आएका मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर पहिलो साताका लागि तय भारत भ्रमणको तयारीका क्रममा उनी नेपाल आएका हुन्। मिस्री बिहीबार भारत फर्कनेछन्।

























